एमाले र माओवादीको एकतासम्बन्धी दुई कार्यदलले १५ दिन भित्र एकता संयोजन समितिमा प्रतिवेदन बुझाउने भएका छन्।

दुवै कार्यदलको बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गर्न सीमा तोकेका हुन्। बैठकपछि नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कार्यदलले १५ दिन भित्र प्रतिवेदन तयार गरिसक्ने निर्णय गरेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘चैत पहिलो साता पारित गर्ने गरि तयारी गरिरहेका छौं’, प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य ज्ञवालीले भने।

फागुन ७ गते एकीकरणको घोषणासँगै नेकपा एमाले नेकपा माओवादी केन्द्रले दुई कार्यदल निर्माण गरेका थिए। आजको बैठकले दुवैतर्फ संयोजक तोकेको छ।

प्रतिवेदन मस्यौदा समितिको कार्यदलमा माधवकुमार नेपाललाई संयोजक तोकिएको छ भने विधान मस्यौदा कार्यदलको संयोजकमा रामबहादुर थापा बादललाई तोकिएको छ।

बैठकले दुई पार्टीले एकीकृत हैसियतमा कार्यक्रमहरु गर्ने समेत निर्णय गरेको छ। ‘अब कार्यक्रमहरू एउटै पार्टीका रूपमा गर्ने भन्ने समझदारी भएको छ’, कार्यदलका सदस्य देवेन्द्र पौडेलले भने।