कनकाई । झापाको कन्काई नगरपालिका ८ लक्ष्मीपुर छेउ भित्रिसडक खण्डमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु १ ख ९१७८ ट्रकले मे ६ प १८६९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चालक झापा कन्काई नगरपालिका ८ लक्ष्मीपुरका ३५ वर्षीय खोमप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्यौपानेको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि ट्रक चालक बिर्तामोड नगरपालिका १० बस्ने नर प्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

-sajhamanch बाट