काठमाडौं - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको फागुन ११ गते शुक्रबार ६६ औं जन्मदिन  परेको छ। यो जन्मदिनलाई बिशेष बनाउने एमालेको तयारी छ।

स्रोतका अनुसार स्थायी कमिटि बैठकमा जन्मदिन मनाउने तयारी छ। बैठक सुरु हुनुअघि केक काट्न लागिएको छ। जन्मदिनकै अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री छान्नकै लागि एमालेले स्थायी कमिटि बैठक बोलाएको हो। बालुवाटरमा बस्ने स्थायी कमिटि बैठकमै जन्मदिन मनाउन लागिएको हो।