अध्यक्ष पुष्पकमल दाहालको निवासमा बिहीबार राती भएको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका नेताहरुलाई यो सरकारमा नपठाउने निर्णय गरेको हो।

काठमाडौं । नेकपा माओवादी केन्द्रले अघिल्लो सरकारमा सहभागी भएका मन्त्रीहरुलाई नदोहोर्याउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालको निवासमा बिहीबार राती भएको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका नेताहरुलाई यो सरकारमा नपठाउने निर्णय गरेको हो।

माओवादीले सात वटा मन्त्रालय पाउने सहमती भएका छन् । माओवादीले सात मन्त्रालयमा ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सहभागी गराउने निर्णय पनि गरेको छ । माओवादीले एमालेसँग गर्न लागेको एकताको विपक्षमा उभिएका  नेताहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा (माओवादी केन्द्र) ले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ । खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो ।

कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए । बैठकमा यही फागुन ७ गते नेकपा (एमाले) सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो ।

त्यसैगरी बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको छ ।