सवालनेपाल डेक्स दमक/पार्टी भित्र सधै फरक धारको बिचार राखेर चर्चामा आउने र त्यस लगत्रै मत्थर हुने गरेका गोपाल किराती यो पटक पनि माओबादी केन्द्रको कार्वाही परेकाछन् । उनि पार्टीबाट नै निष्काशित भएकाछन् ।

एमालेसंग एकता हुने बिषय उठेदेखि सामाजिक सञ्जाल र अन्तरवार्ताहरुमा यसको बिरोधी देखिएका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डलाइ धेरै आरोपहरु समेत लगाउदै आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री समेत भइसकेका किराती पार्टीको प्रदेश नंंं १ इन्चार्ज समेत रहेका थिए । अब किरातीले एमालेमा माओबादी केन्द्र मिसिएर नयाँ पार्टी बन्नेपछि यसलाइ पुर्न गठनको तयारीमा रहेको र पार्टीको कार्यकारील प्रमुख रहने तयारी गरेको पाइन्छ । उनले कडा बिज्ञप्ति निकालेकाछन् ।

प्रेस विज्ञप्ति–

सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ । किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो । माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।

अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो । यसैसाथ एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु । पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।

गोपाल किराती संयोजक, नेकपा (माओवादी केन्द्र)