दमक/ नेपाल कम्यूनिष्ट पार्टी बिप्लव समुहले झापा सहित पूर्वमा आफ्ना गतिबिधिहरुलाइ तिब्र बनाउदै लगेको छ । नगरपालिका र गाँउ पालिकाका जनप्रतिनिधिहरुलाइ राजिनामा गर्न लगाउन दबाब दिने देखि लिएर चर्को ब्याज असुली गर्ने बित्तीय संस्थाहरुमाथि आक्रमण गर्ने सम्मका कार्यक्रमहरु सार्वजनिक गरेको पाइएको छ ।

केहि दिन अघि बिराटनगरमा भएको कार्यक्रममा प्रहरी हस्तक्षेप र पक्राउ पछि बिप्लव समुहले पूर्वमा पनि आफ्ना गतिबिधिहरु तिब्र बनाउदै गएको बताइन्छ । नेकपाका सुमनसिह पौड्यालले बिज्ञप्ति जारी गरेर नै आन्दोलनको र आफूहरुका कार्यक्रमको बिषयमा जानकारी गराएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड