दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचवालयलाइ ब्यवस्थित गर्नका लागि प्रमुख सल्लाहकार नियुक्त गरेकाछन् । ओलीले एमाले नेता विष्णु रिमाललाइ प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले यसको पुष्टि गरेकाछन् । पार्टी अध्यक्ष रहदा समेत रिमाल ओलीका प्रमुख राजनीतिक सल्लाहकारको रुपमा रहेका थिए ।
आज विहान बसेको मन्त्री परिषदको निर्णयले उनलाइ प्रमुख सल्लाहकार बनाउने निर्णय गरेको हो । अन्य निर्णयहरु भने बाहिर आएका छैनन् ।










