दमक/आफ्नो युवा संगठनको रास्टृय सम्मेलनमा सहभागी हुन आएका स्थाइ कमिटी सदस्य हेमन्त प्रकाश ओलि सुदर्शन र पोलिटब्युरो सदस्य एवं पुर्व राज्य मन्त्री पदम राई लगायतको गिरफ्तारी पछि आक्रमक बनेको नेकपा(विप्लव)का कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका छन ।
झापाको दमक, माइधार लगायतका केही स्थानमा पुत्ला जलाएकाहुन् । दमक वार्ड नं. २ स्थित पांग्ली चौकमा जम्मा भएका नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका हुन ।











