काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायतको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा पनि छलफल चलिरहेको श्रोतले बतायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ ।

सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफु प्रधानन्त्री हुंदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतको दावी छ ।

मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि सार्वजनिक गरिएको छैन । यद्यपी बादलको नेतृत्वमा अनन्त गृहमन्त्री रहने स्रोतको दावी छ ।