विष्णुप्रसाद पोखरेल

दमक/पूर्व डिआइजि एवं ललितपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नवराज सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटन गत सोमबार बालुवाटार पुगेपछि नेपाली काँग्रेसभित्र भूइचालो गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल सहितका शिर्ष नेताहरुको साथमा सिलवाल बालुवाटार पुगेपछि काँग्रेसका शिर्ष नेताहरुले प्रहरी प्रमुख सहितका अधिकारीहरुलाइ फोन नै गरेर आपत्ती जनाएको सम्बद्ध श्रोतको दाबी रहकेो छ ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गत मंगलवार पत्रकार सम्मेलनमा नै यस बिषयमा आपत्ती जनाएका थिए । प्रहरी खोजिरहेको ब्याक्ति बालुवाटार पसेको भन्दै उनले आपत्ती जनाएका थिए ।

ओली प्रधानमन्त्री भएपश्चात सांसद् नवराज सिलवाल सोमवार एमाले नेता माधवकुमार नेपाल, विष्णु पौडेल सँग प्रधानमन्त्री निवास बालुवाटरमा देखिएका थिए।

सिलवाल आउदो २० गते साँसदको सपथ खान र त्यसपछि २१ गते पहिलो साँसदको अधिवेसनमा सहभागि हुने तयारीमा रहेकाछन् । सिलवाल पछिल्लो समयमा फाट्टफूट्ट देखिन शुरु समेत गरेकाछन् ।

सिलवाल प्रहरीको खोजी सूचीमा छन्। प्रहरीले उनीविरुद्ध डिफ्युजन नोटिस नै जारी गरेको छ। सिलवालले आफूले गल्ति नगरेको र किर्ते कागजपत्रको बिषयमा अनुसन्धान गर्न सहयोग गर्न बताइ सकेका थिए ।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सिलवाललाइ पक्राउ गरेर मुद्धा चलाउनका लागि बारम्बार निर्देशन दिएका थिए । तर प्रहरीले सिलवाललाइ पक्राउ गरेन ।