सवालनेपाल डेक्स

दमक/प्रधानन्याधिश गोपालप्रसाद पराजुलीले आफूले २००९ सालमा जन्मेको भनेर कहिबाट नागरिकता प्रमाणपत्र लिएको भए र एउटा नागरिकता भन्दा बढि नागरिकता लिएको कसैले बाहिर प्रमाण ल्याए सार्वजनिक जीबन त्याग्ने बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफ्नो नागरिकता ४४१ रहेको र हरेक प्रतिलिपिमा नै यहि रहेको भन्दै त्यो वाहेकका एउटामात्र प्रमाण ल्याए आफू प्रधानन्याधिश पदमात्र नभएर सार्वजनिक पदमा नै नबस्ने घोषणा गरेकाहुन् ।

शुरुको नागरिकतामा उमेरमात्र लेखिएको र पछि कानून सम्मत नै शैक्षिक प्रमाणपत्र अनुसारको मिति रहेको भन्दै त्यस बाहेक गलत गरेको भए प्रमाण ल्याउन पराजुलीले चुनौती दिए ।

नेपाल टेलिभिजनको अन्तरवार्ता दिदै उनले एक दिन सत्य सावित हुने र आम नागरिकले बुझ्ने पनि दाबी गरे । अर्नगल प्रचार गरेर र सूर्यले हत्केलाले छेकेर नछिकिन्ने उनको भनाइ थियो ।