दमक/प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाएको थियो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै लालबाबुले सम्हालेको मन्त्रालय विभाजित बनेका र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएको छ भने वातावरण वन मन्त्रालयमा गाभिएको हो ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार भएको सहमति अनुसार स्वस्थ्य तथा जनसंख्या एमालेको भागमा परेको छ भने वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ ।
वातावरण मन्त्रालयको जिम्मा पाएसँगै लालबाबुले एक हप्तामै केही सुधारका काम थालिसकेका थिए ।










