फाल्गुन १२ – धादिङमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । धादिङको गजुरी–ं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ । मुग्लिनबाट काठमाडौ तर्फ आउँदै गरेको ना ६ ख ९०७६ नम्बरको ट्रकले विपरीत दिशामा रहेको बा ८५ प ६२७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका स्थित चण्डिभन्ञ्याङका कर्णबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, बेनिघाट रोराङ – ५, बाँदरे मोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । चितवनबाट काठमाडौ आउंदै गरेको लु १ ख ९६१७ नम्बरको ट्रकले बा ८० प ९९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार काठमाण्डौ १४ खसिबजारका उमा सावदको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही स्थानमा बस्ने मोटरसाइकलका चालक बालविकास रावलको भने उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धुनीवेंसी नगरपालिका –९, झ्याप्ले खोलामा भएको जिप दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक निवासी केवल नेपाली र सहचालक सख्त घाईते भएका छन । चितवनबाट कुखुरा बोकेर काठमाण्डौं जांदै गरेको ना ४ च ११४९ जिप सडकबाट डेढ सय मिटर तल खसेको खानीखोला स्थित प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।