दमक/झापाको दमक स्थित सर्वोदय अग्रेजी माध्यमिक बिद्यालय दमक ५ ले भब्य रुपमा आफ्नो दशौ बार्षिकोत्सव मनाउने भएको छ । आउदो १४ र १५ गते बार्षिकोत्सवको भब्य तयारी गरेको हो ।

बार्षिकउत्सोवलाइ रचानत्मक बनाउनका लागि अन्तरसदनात्मक फूड फेस्टिवलको आयोजना गरिने बिद्यालयका प्रीन्सिपल नबिन योगिले बताए । उनका अनुसार बिद्यालयका बालबालिकाहरुले अभिभाक तथा फेस्टिवलमा आउने पाहुनालाइ परिकार पकाएर ख्वाउनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसका साथै स्वास्थ्य शिबिर र बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको समेत उनले जानकारी दिए । पहिलो पटक बिद्यालयले यसरी बार्षिकोत्सव मनाउन लागेको जनाइन्छ ।

बिज्ञान प्रर्दशनी, माटोबाट बनेका सामाग्रीको प्रर्दशनी, चित्रकला प्रदर्शनी, बास्तुकला तथा हस्तकला प्रदर्शनी, सास्कृतीक फेसन शो लगायतका कार्यक्रमहरु समेत राखिएको जनाईएको छ ।

यसैगरी साहित्यकको क्षेत्रमा योगदान दिएका धनकुटे कान्छा र दमकमा पठन सस्कृतीको बिकास गराउन महत्वपूर्ण भूमिका खेल्ने दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेलाइ सम्मानको कार्यक्रम पनि राखिएको योगिले बताए ।