काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्थीर सरकार दिएको भन्दै यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । बधाइ तथा शुभकामना दिन शनिबार बालुवाटर पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग उनले असफल हुनै नहुने विन्दुमा आफू रहेको बताए ।

‘जनताले स्थीर सरकार दिएका छन्, यो सुन्दर अवसर हो, यसको पूर्ण उपयोग गर्नुपर्छ’–उनले भने । आफू असल भए समृद्धिको आशा पनि असफल हुने उनको भनाइ थियो ।bप्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरणका लागि अनुकूल वातावरण बनाउने भन्दै टेबलैपिच्छे फाइल रोकिने काम पनि बन्द हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छिमेकीसँग सुमधुर सम्बन्ध रहेको भन्दै उनले कुनैपनि समस्या भए कूटनीतिक माध्यमबाट तत्काल समाधान खोजिने बताए । अब रोजगारीको अवसरलेमात्रै नहुने भन्दै रोजगारी युवाहरुलाई आकर्षण गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले कुनैपनि आयोजनाको ठेक्का लिइसकेपछि विभिन्न बहानामा ठेक्काको अवधि बढाउने र लागत पनि बढाउने काम पूर्णरुपमा बन्ने हुने पनि स्पस्ट पारे ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले २०७५–२०८५ को अवधिलाई 'विकासको दशक' घोषणा गरी सोहीअनुसार नीति तथा कार्यक्रम ल्याउन आग्रह गरिन् । आगामी नीति तथा कार्यक्रम सकारात्मक हुने उनको विश्वास थियो । महासंघले प्रादेशिक आर्थिक बहस सन्चालन गर्न लागिरहेको भन्दै उनले सातै प्रदेशको बहसपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी गरिरहेको बताइन् । सरकारले ल्याउने विकासका कार्यक्रमलाई पूर्णरुपमा सहयोग गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् । शनिबारै गैरआवासीय नेपाली संघका पदाधिकारीको टोलीले प्रधानमन्त्री ओलीलाई भेटी बधाइ तथा शुभकामना दिएको छ ।