काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय कर्मचारीबाट आवश्यक सहयोग नपाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा पत्र लेखेका छन्।

प्रादेशिक सरकारको मुख्यमन्त्री तथा मन्त्रिमण्डलको सुरक्षाको व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीले आवश्यक सहयोग नदिएको भन्दै मुख्यमन्त्री राउतले प्रादेशिक सरकारको काममा अवरोध हुनेगरी संघीय मन्त्रालयहरुबाट विभिन्न समयमा निर्देशन जारी हुने गरेको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुख्यमन्त्री राउतले लेखेको पत्रमा उल्लेख छ, 'प्रदेश सरकारलाई कर्मचारी, स्रोत र साधानको ठूलो अभाव छ। केन्द्रबाट खटाइएका कर्मचारी अझै प्रदेशमा काम गर्न आएका छैनन्।'

उनले भनेका छन्, ‘यसरी कर्मचारीको अभावमा प्रादेशिक काम कारबाही धेरै दिनसम्म अवरोध गरिराख्नुको साटो त्यसका विकल्पहरु दिएर प्रदेश सरकारले अवलम्बन गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछौं।’