चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन्।

चितवन क्षेत्र नं ३ को सांसद् सम्पर्क कार्यालयको चितवनस्थित भरतपुरमा उद्घाटन गर्दे उनले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा स्थापना गरिएको छ।

उनले आफूहरुसामु अवसर र चुनौती आएको बताउँदै जनअपेक्षा अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए। विकास निर्माणका कामलाई विश्वले नै हेरिरहेको भन्दै उनले सधैं चितवन बस्न नपाए पनि जनताको सुखदु:खमा सँगसँगै रहने बताए।