काठमाडौँ, १३ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठन गरिएको प्रतिवदेन मस्यौदा कार्यदलले प्रतिवदेन लेखन समिति तयार पारेको छ ।

आइतबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको पहिलो बैठकले प्रतिवेदन लेखनका लागि ४ जनालाई जिम्मेवारी दिने निर्णय गरेको कार्यदल सदस्य एवं माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए । समितिमा नारायाणकाजी श्रेष्ठ, भीम रावल, देव गुरुङ र प्रदिप ज्ञवाली रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यदल संयोजक एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले दुवै पार्टीका दस्तावेजहरु गहन रुपमा अध्ययन गर्ने निर्णय पनि गरेको छ । बैचारिक दस्तावेज निर्माणका लागि दुवै पार्टीका दस्तावेजहरु अध्ययन गर्ने र अर्काे बैठक फागुन १७ गते बस्ने निर्णय भएको कार्यदल सदस्य एवं एमाले नेता र रघुजी पन्तले जानकारी दिए ।

शनिबार मात्र नेकपा विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको बैठक बसेको थियो । बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल भएको थियो ।

दुवै कार्यदलले आउँदो २५ गतेभित्र प्रतिवेदन पेश गर्ने समयसीमा पाएका छन् । कार्यदलको प्रतिवदेनपछि पार्टी एकताको औपचारिक घोषणा गर्ने एमाले–माओवादीको तयारी छ ।

दैनिक नेपाल बाट