दमक/गलत सन्देश प्रवाह भएका कारण र औषधी प्रति अफावाह फैलिएपछि दमकमा हात्ती पाइले रोग बिरुरुद्धको औषधि ख्वाउने अभियानमा सबै जुटेकाछन् । सरकारी कार्यालय तथा सरोकारवाला निकायहरु मात्र नभएर सामाजिक संघसंस्थाहरु समेत चेतना अभिबृद्धिमा लागेकाछन् ।
जिल्ला जन स्वास्थ्य कार्यालय झापा, दमक नगर स्वास्थ्य शाखासंग समन्वय गरेर लायन्स क्लव अफ माउण्ट एभरेष्टले अभियान नै सञ्चालन गरेको छ । दमक चोकमा नगर प्रमुख, उपप्रमुखहरुलाइ औषधि ख्वाएर अभियान घोषणा गरिएकोमा आइतवार इलाका प्रहरी कार्यालयमा पनि उनिहरु पुगेकाछन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले औषधि खाएकाछन् भने यहाँका प्रहरी अधिकृत तथा जवानहरुले समेत हात्ती पाइले बिरुद्धको औषधि खाएकाछन् । लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, प्रथम उपाध्यक्ष चन्द्र गजमेर, तृतिय उपाध्यक्ष मनोज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्यकर्मी समेत रहेका ्लायन्सकर्मी बुद्धिशेखेर भट्टराइले सबैले औषधि खानु पर्ने बताउदै खान छुट्नेले खोजि खोजि खान आग्रह गरे । क्लव अध्यक्ष रुद्र गौतमले आफूहरुको अभियान भोलीसम्म जारी रहने बताएकाछन् ।










