दमक/झापाको दमक पूर्व बस स्टेण्डमा दमकका बिजु सुब्बालाइ धारिलो हतियार प्रहार गर्ने समुहका १३ जना बिरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी परेको छ । हिजो शनिवार सुब्बामाथि आक्रमण भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दूइजनालाइ तरवार, खुकुरी र चक्कू सहित पक्राउ गरिएको छ । समुहमा १३ जना रहेको सूचना प्रहरीलाई प्राप्त भएको र खोजी कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परिवारका सदस्य र सुब्बाका नजिककाले तत्काल दोषीहरुलाइ पक्राउ गर्नका लागि दबाब समेत दिदै आएकाछन् । आज किटानी जाहेरी हालेपछि प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्धा चलाउन लागेको प्रहरी श्रोतको भनाइ छ ।