काठमाडौं : जब लालबाबु पण्डित मन्त्री हुन्छन् तब जनताले थाहा पाउनेगरी काम गरिहाल्छन् । उनी मन्त्री हुँदा कार्याकर्ता मात्र होइन, आम जनता खुशी हुन्छन् ।

त्यसैले त एमाले नेता लालबाबु ‘जनताका नेता’ बन्दै छन् । यसअघि सामान्य प्रशासनमन्त्री हुँदा तहल्का मच्चाएका लालबाबुले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हाले लगत्तै महत्वपूर्ण ‘एक्सन’ लिने घोषणा गरेपछि उनको चर्चा सुरु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार मन्त्री पण्डितले वातावरणीय मूल्यांकन नगर्ने ठूला होटल, अस्पताल र उद्योगमाथि कारबाही सुरु गरेका छन् । नियम मिचेर पूर्वाधार बनाएर सञ्चालन भइरहेका सोल्टी, सिटी, द्ववारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारबाही सुरु गरेका छन्।

छिट्टै मापदण्ड पूरा गर्न निर्देशन दिँदै पण्डितले वातावरणीय मूल्यांकन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गर्ने होटललाई एकएक लाख रुपैयाँ जरिवाना तिराएको स्वकीय सचिव ओसिम आलामले जानकारी दिए ।

होटलसँगै मन्त्री पण्डितको निशानामा सिमेन्ट उद्योगसमेत परेका छन् । अरनिको आबु सिमेन्ट उद्योगलाई ५० हजार जरिवाना तिराएका छन् । सँगै अस्पताल समेत पण्डितको कारबाहीमा परेका छन् ।

लालबाबुको निशानामा कुन-कुन कम्पनी ?

नया पत्रिका बाट