सामान्य मानिसहरुलाई ख्याल समेत नुहुने सामान्य प्रशासन मन्त्री बनेका बेला लालबाबु पण्डितले आशातित काम गरेर जनताको मन जिते । डिभि र पिआरवाला सरकारी कर्मचारीहरुले उनलाई धारे हात लगाएपनि सर्बसाधारण जनताले भने उनको गुनगान मज्जाले गाए र अहिले सम्म उनको कामको प्रशंषा हुन छोडेको छैन ।

लालबाबुले देश र बिदेशमा रहेका लाखौ मानिसको मन जित्न सफल भए । एउटा चर्चामा समेत नआएको मन्त्रालयमा गएर उनले गरेको कामको मुत्तकण्ठले प्रशंषा गर्नेहरु धेरै छन । त्यहीबेला उनले गरेको काम र ख्यातिका कारण प्रतिनिधिसभा सदस्यको निर्बाचनमा उनले मोरङको क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका स्थापित नेता डा.शेखर कोईरालालाई समेत धुलो चटाए । सामान्य जिवन यापन गर्न रुचाउने पण्डित फेरी मन्त्री बनेका छन । उनले पक्कै पनि नयाँ काम गर्छन यो सबैलाई थाहा छ तर् उनको कामलाई रोक्नका लागी फेरी कुनै न कुनै असफल प्रयास नहोला भन्न सकिन्न । यसतर्फ सबैजना सचेत भएर उनको काममा साथ दिए पक्कै उनी फेरी सफल हुनेछन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकबर्षभित्रमा धुलो मुत्त शहरको सपना जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक वर्षभित्र काठमाडौँमा मास्क नलगाई हिँड्नसक्ने अवस्था सिर्जना गर्ने सपना देखेका छन । उनले सार्बजनिक कार्यक्रममा सोही प्रतिबद्धता समेत जनाईसकेका छन । ।“एक वर्षभित्र उपत्यकाका सडकमा मात्र होइन नदी सफाइमा आउँदा पनि मास्क नलगाई आउनसक्ने गरी काम गर्नेछु”–उनले भनेका छन । विसं २०७० जेठ ५ गते देखि शुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका छन ।

पण्डितको यो भनाईले धुलोभित्र छोपिएका राजधानी काठमाण्डौबासी मात्र होईन देश तथा बिदेशमा रहेका करोडौ नेपालीहरुले धुलोमुत्त काठमाण्डौको सुन्दर सपना मनमा सजाएका छन । उनीहरुलाई बिश्वास छ की लालबाबुले बोलेपछि काम गरेरै छाडछन । अब एक बर्षमा यो काम पुरा गर्नका लागी उनका अगाडी चुनौतिका पहाड छ ।

उनको सपना पुरा गर्न राजधानीबासी र देशबासीहरुले नै पुर्ण सहयोग गर्नु जरुरी छ । किनकी यो काम एकजनाले मात्र गरेर सम्भव छैन । लालबाबुले देशको यो सुन्दर सपना पुरा गर्न सबैले हातेमालो गनुृपर्ने अबस्था आएको छ । यदि यो त लालबाबुको मात्र काम हो भन्ने तर्फ हामीले सोच्यौँ भने उनका सपना धुलोले थिचिएर त्यहि धुलोमित्र रुमल्लिने छ । तसर्थ उनका सपना काठमाण्डौको धुलोले नपुरियोस । बस यहि कामना ।

-पुर्बेली न्यूज बाट