कैलाली : सोमबार बिहान अदालतसमक्ष आत्मसमर्पण गरेका रेशम चौधरीको बयान लिइँदैछ। कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान सुरु भएको छ।

न्यायधिस परशुराम भट्टराइको इजलासमा जारी बयानमा चौधरीको पक्षमा गंगाराम उपाध्याय, मिलन राई, गजेन्द्र बहादुर केसी सहित चारजना अधिवक्ताले बहस गर्नेछन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र दुई वर्षिय बालक सहित ८ जनाको हत्या भएपछि चौधरी फरार थिए । उक्त घटनामा चौधरीसहितका ५६ जनाको संलग्नता रहेको आरोपमा मुद्दा चलिरहेको थियो। ५६ मध्ये २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। २३ जना कैलाली कारागारमा छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनामा संलग्नको आरोप लागेका दुईजना किशोरलाई भने प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ।

फरार रहेकै अवस्थामा चौधरी राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका थिए। उनी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए।

रेशमसँगै कैलाली घटनामा नाम जोडिएका लक्ष्मण चौधरी पनि चुनाव लडेका थिए । कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस नेतृ आरजु देउवा राणासँग चुनाव लडेका उनी भने पराजित भए।

उनी अहिले जिल्ला कारागारमा थुनामा छन्।

अन्नपुर्ण पोस्ट बाट