काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो नामावलीमा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतले बतायो । मन्त्रीहरूको अरू नाम भने गोप्य राखिएको छ ।

यसअघि गृहमन्त्रीमा वर्षमान पुन ‘अनन्त’ले पनि दावी गरेका थिए । तर उनलाई रोक्दै गृहमन्त्रालय हात पार्न बादल सफल भएका छन् ।

बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको पहिलो सरकारमा रक्षामन्त्री थिए ।

बादलले गृहमन्त्रालय पाउने भएपछि वर्षमान पुनलाई अर्को शक्तिशाली मन्त्रालय दिने तयारी छ । तर कुन मन्त्रालय दिने भनेर अझै टुंगो लागेको छैन ।