प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी हुन माओवादीका ७ मन्त्रीको नाम टुंगो लागेको छ । सोमबार साँझ ४ बजे मन्त्रिमण्डल विस्तार हुन लागथेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री अोलीलाई बालुवाटार पुगेर आफ्नो पार्टीकातर्फबाट सहभागी हुने मन्त्रीको नाम बुझाएका थिए ।
एमाले–माआेवादीको समतिअनुसार माअाेवादीले राष्ट्रपति नपाउने भएपछि नेता रामबहादुर थापा बादललाई गहृमन्त्री बनाएर पठाइएको छ । बादलले राष्ट्रपतिमा अाफ्नाे दाबी गर्दै अाएका थिए । त्यस्तै गृहमन्त्रीको दाबी गर्दै आएका वर्षमान पुनलाई भने उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको माअोवादीनिकट उच्च स्रोतले काठमाण्डुटुडेलाई बतायो ।
त्यस्तै माअोवादीबाट मन्त्री हुनेहरुमा विना मगर, गिरिराजमणी पोखरेल, मात्रिका यादव, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन् । विना मगर अध्यक्ष प्रचण्डकी बुहारीसमेत हुन् ।
काठमान्डू टुडे बाट साभार









