दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र शुभकामना सहकारी संस्थाले आज पशुपतिम मन्दिर अगाडि हात्तीपाइले रोग बिरुद्धको सचेतना कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा हात्ती पाइले बिरुद्धको औषधि सेवन नगरेका २५ भन्दा बढि स्थानीयहरुले औषधि समेत खाएको लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले बताए ।
सहकारी अध्यक्ष एवं लायन्सका प्रथम उपाध्यक्ष चन्द्र गजमेरले सहकारीका सदस्य तथा कर्मचारीहरुलाइ समेत सो अवसरमा हात्ती पाइलेको औषधि ख्वाइएको जनाए । बिभिन्न भ्रमका कारण औषधि खान नमानेकाहरुले समेत औषधि खाएको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखर भट्टराइले अहिले पनि बिभिन्न भ्रमका कारण औषधि सेवन गर्नका लागि धेरेले अप्ठेरो मानिरहेकाछन् । आफूहरुले रोगको बिषयमा र औषधिको बिषयमा जानकारी गराएपछि नखाने बताउदै आएकाहरुले समेत खाएको जानकारी दिए ।
सुनचाँदी ब्यवसायी संघका दमक नगर अध्यक्ष शेरबहादुर गजमेरले औषधि खाएर कार्यक्रमको उद्घाटन गरेका थिए । सरकारले शनिबारदेखि आजसम्म हात्ती पाइले रोग बिरुद्धको औषधि ख्वाउने अभियान चलाएको छ । यहि अभियानलाइ सार्थक बनाउन कार्यक्रम गरिएको लायन्सकर्मी समेत रहेका सहाकरी अध्यक्ष गजमेरले जानकारी दिए ।










