नेकपा एमाले महासचिव ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि उनको नाम अर्थमन्त्रीका रुपमा चर्चामा थियो । तर, युवराज खतिवडाले अर्थमन्त्रीमा बाजी मारेपछि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
गृह मन्त्री माओवादी केन्द्रका रामबहादुर थापा बादल हुने पक्का भइसकेको छ । माओवादीबाटै मन्त्री बन्न लागेका मातृका यादवले उद्योग मन्त्रालय पाउने भएका छन् ।
मन्त्री बन्न लागेका चारै जनाको शपथ ग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ । त्यस्तै सपथ ग्रहणमा आउने सबै मन्त्रीहरुलाई दौरा सुरुवालमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
काठमान्डौ बाट साभार









