टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् । न्यायाधीश परशुराम भट्टराईको इजलासमा चौधरीको बयान लिइएको छ । बयान लिइसकेपछि बहस सुरु भएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

चौधरीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका—चोरी मुद्दा लगाइएको छ । चौधरीको पक्षमा गंगाराम उपाध्याय, मिलनकुमार राई र गजेन्द्र केसीले बहस गर्नेछन् । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेको थियो यता चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट फरार अवस्थामै उम्मेदवारी दिएका चौधरी भारी मतले विजयी भएका थिए ।

भिडियोबाटै चुनाव प्रचार गरेका चौधरी करिब २१ हजार मतान्तरले विजयी भएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचत हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह ९गरिमा० ले १३ हजार ४०६ मत प्राप्त गरेकी थिइन् ।