काठमाडौँ- केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गर्ने भएका छन्।
माओवादीका तर्फबाट रामबहादुर थापा बादल र मातृका यादव मन्त्री बन्नेछन् भने एमालेका तर्फबाट ईश्वर पोखरेल र युवराज खतिवडाले शपथ लिने भएका छन्।
रामबहादुर थापाले गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने र युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी लिने भनिए पनि अन्य दुई मन्त्रीको पोर्टफोलियो केहीबेरमै थाहा हुनेछ।
उनी चारैजना लबेदा सुरुवाल लगाएर शपथका लागि राष्ट्रपति निवासमा बनाइएको मञ्चमा बसेका छन्।










