प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमा मन्त्रीमण्डल विस्तार गर्दै हुनुहुन्छ । अपरान्ह ४ बजेपछि शितल निवासमा हुने शपथमा अर्थशास्त्री तथा पूर्व गर्भनर डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने हुनु भएको छ ।
माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा गृहमन्त्रीका रुपमा सपथ खादै हुनुहुन्छ । थापा यस अघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षा मन्त्री हुन हुने भएको छ। पोखरेलको दावी अर्थमा नै थियो । तर विज्ञ चाहिने भएकाले खतिवडालाई अर्थ दिएर पोखरेललाई रक्षा दिएको बताइएको छ ।
माओवादीबाट मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपा ओली सरकारमा सामेल हुने भएको छ। तत्काल चार जनाको मात्र सपथ हुने बताइएको छ ।










