विष्णुप्रसाद पोखरेल दमक/केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य मनोनितका लागि राष्ट्रपति समक्षा सिफारीस गरेर साँसद नियुक्त भएका झापाली अर्थविद डा. युवराज खतिवडा अर्थ मन्त्री भएकाछन् ।
खतिवडा सहित तीनजनालाइ सर्वोच्च अदालतले तत्काल सपथ नगराउन आदेश दिए पनि संबिधानमा मन्त्री बन्न साँसद नै हुनु पर्छ भनेको छैन । छ महिनाको अवधिसम्म गैह् साँसद पनि मन्त्री बन्न पाउछ ।
खतिवडा आर्थिक क्षेत्रमा दखल राख्नेमात्र होइन बिज्ञ पनि मानिन्छन् । राष्ट्र बैकको गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भइसकेका खतिवडा स्वच्छ छबि भएका ब्याक्तिको रुपमा चिनिन्छन् ।
ओली सरकारले आर्थिक सम्बृद्धिलाइ मूख्य नारा दिएकाले यसलाइ सार्थक बनाउनका लागि खतिवडालाइ अर्थमन्त्री बनाएको चर्चा रहेको छ । दूइ दिनअघिसम्म उनलाइ राज्यमन्त्रीमात्र दिइने बताइदै आएको थियो ।
अघिल्लो सरकारले अर्थतन्त्रलाइ नकारत्मक बनाउने गरी गरेका निर्णयहरुका कारण मूलक आर्थिक संकटमा जानसक्ने विश्लेषहरु भइरहदा खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी वहन गरेकाछ ।
एमालेका एक नेताका अनुसार सरकारको मुख्य उदेश्य नै आर्थिक सम्बृद्धि भएकाले अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुने भएकाले बिज्ञलाइ नै यो मन्त्रालय दिइएको हो । यसमा एमालेका बरिष्ठ नेताहरु नै आँकाक्षी रहेका थिए ।










