दमक/सांसद नवराज सिलवालप्रति अहिले चासो सर्वत्र देखिएको छ । सिलवाल ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद हुन् । उनीमाथि डीआईजी बढुवामा कार्यसम्पादन मूल्यांकन फारममा कीर्ते गरेको अभियोग लागेको छ । उनलाइ निर्वाचन भइरहदा गृहमन्त्रीको रुपमा हेरिएको थियो । अहिले पनि उनलाइ गृह राज्यमन्त्री बन्ने भन्दै चर्चा गरिदै आएको छ । ओलीले सिलवाललाइ त्यो जिम्मेवारी देलान् या नदेलान त्यो भने हेर्न बाँकी रहेको छ ।

अघिल्लो सरकारले उनीमाथि अदालतमा मुद्दा हालेपछि सिलवाल प्रहरीको नजरमा ‘फरार’ छन् । प्रहरी प्रधान कार्यालयले पूर्वडीआईजीसमेत रहेका सिलवाललाई पक्राउ गरी बुझाउन निर्देशन दिएको थियो । तर, ललितपुर प्रहरी परिसरले फेला नपरेको भन्दै प्रतिवेदन बुझाएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिलवाल अघिल्लो साता प्रधानमन्त्री निवास बालुवाटारमा देखा परेका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको आधारपत्रमा हस्ताक्षर गर्ने काम भइरहेको थियो । तर पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

सिलवालले आफू फरार नरहेको भन्दै प्रहरीकै सम्पर्कमा रहेको प्रस्टीकरण दिँदै आएका छन् । सांसद पदको सपथ लिनुभन्दा अघि नै उनीमाथि लागेको मुद्दा फिर्ता लिने सरकारको तयारी रहेको स्रोतले बतायो ।