विष्णुप्रसाद पोखरेल
दमक/प्रदेश सरकारले नामको बिषयमा अब चर्चा चलाउन शुरु गरेकाछन् । १ नम्बर प्रदेशमा पनि नामको बिषयमा चर्चा शुरु भएको छ । सबैलाइ मान्य हुने नामको खोजि मुख्यमन्त्री शेरधन राइदेखि लिएर प्रदेशका मन्त्रीहरुले बताउदै आएकाछन् ।
पछिल्लो समय थुप्रै नामहरु चर्चामा रहेकाछन् । पहिचानको मुद्धा अघि सारेका जातीय संघसंगठन एवं पार्टीहरुले लिम्बुवान, किरात, कोचिला लगायतका नाम अघि सारेकाछन् भने ठूला राजनीतिक दलहरु मौन नै रहेकाछन् ।
पछिल्लो समयमा कोशी प्रदेशको नाम पनि चर्चामा रहेको छ । कञ्जनजंघाको राख्नु पर्छ पनि भन्न थालिएको छ । नेपालमा चिनिएका हिमऋखलाहरुको नाम राख्नु पर्ने माग अघि सारिएको छ ।
सबैभन्दा बडि माग सगरमाथा प्रदेश हुनुपर्छ भन्ने रहन थालेको छ । सामाजिक सञ्जालहोस् या सार्वजनिक कार्यक्रमहरुमाहोस विश्वको अग्लो हिमशिखर सगरमाथाको नाम राख्नु पर्ने माग उठ्न थालेको छ ।
प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पनि सगरमाथा नाम सबैलाइ मान्य हुन सक्ने बताइसकेकाछन् । तर अहिले नै यहि हुनुपर्छ भन्ने आफ्नो धारणा नरहेको उनको भनाइ छ ।










