दमक/झापा दमक ५ स्थित सर्वोदय अग्रजी बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसरमा सोमबार खाद्य महोत्सवको आयोजना गरेको छ । महोत्सवमा बिद्यालयका बालबालिकाहरुले आफै बिभिन्न खानेकुराका परिकार बनाएर ख्वाएका थिए ।
बिद्यालयका प्रीन्सिपल नबिन योगीका अनुसार आज खाना महोत्सव भएको हो । अभिभावकहरुको उपस्थिति बाक्लो रहेको थियो । बिद्यार्थीहरुले पकाएको खानेकुराहरु अभिभावकले किनेर खाएका थिए ।











