पहिलो लटमै माओवादी केन्द्रबाट मन्त्री बन्ने अवसर पाएका रामबहादुर थापा ‘बादल’ र मातृका यादव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।

राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहणमा सहभागी भएपछि कार्यभार सम्हाल्न आआफ्नो मन्त्रालय पुगेलगत्तै दुबैजना प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादी केन्द्रले पाएका ७ मन्त्रालयमा आजै मन्त्री बनाइने तयारी थियो। तर अन्तिम क्षणमा पहिलो लटमा मन्त्री बन्ने अवसर बादल र यादवले मात्र पाए।

प्रचण्डले पहिलो लटमा मन्त्री मण्डलमा ती नेताहरुलाई पठाएका छन्, जसले विगतमा पार्टी विभाजन गरेका थिए र पछि एकता प्रक्रियाबाट आएका थिए।

सम्भवत पहिलो लटमै मन्त्री बन्ने अवसर पाएकाले त्यसप्रति आभार प्रकट गर्न बादल र यादव प्रचण्ड निवास पुगेका हुन्।