काठमाडौं । सिरिया जारी आक्रमणको विरोधमा मंगलबार संयुक्त विद्यार्थी संगठनले नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालय अघि धर्ना दिने भएका छन् । मंगलबार बिहान बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले धर्ना दिने निर्णय गरेको हो ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनको बैठकले सिरियामा भैरहेका आक्रमणबाट दिनँहु सयौं बालबालिकासहित हजारौंको ज्यान गएको भन्दै संयुक्त राष्ट्रसंघीय कार्यालय अगाडि धर्ना दिने अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिईन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धर्नासँगै ३ बजे संयुक्त राष्ट्र संघलाई स्मरण पत्र पनि बुझाईने अध्यक्ष लामाको भनाई छ । विद्यार्थी संठगनले सिरियामा मानव नरसंहार बन्द गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने, विद्यार्थीलार्इ पढ्न दिनुपर्नेलगायतका माग राखेर धर्ना दिने जनाईएको छ ।

केन्द्र बिन्दु डट कम बाट