पछिल्ला दिनमा मठ-मन्दिरमा धाउँदै आएका पूर्व युवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन् ।

पूर्व युवराज शाहले भरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन् । पारस  केही दिन पहिले गुहेश्वरी मन्दिरको दर्शनमा गएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व युवराज पारशलाई पचली भैरवमा पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो । पारसका सुभेक्षुकले मन्दिरमा राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए ।