दमक/आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाइ गृह नगर गौरादहमा सम्मान गरिएको छ । मंगलवार एक कार्यक्रमबीच उनलाइ सम्मान गरिएको हो ।

झापा क्षेत्र नं. ५ क बाट प्रदेश सभा सदस्य निर्वाचित भएर प्रदेश नं. १ को मन्त्री बनेका उनलाइ नेकपा एमाले र माओबादी निर्वाचन परिचालन समितिले संयुक्त रुपमा सम्मान गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्मान कार्यक्रममा पूर्व साँसद तथा नेकपा एमालेका नेता दीपक कार्की, नेकपा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक,जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्ले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एमाले र माओबादी केन्द्रका स्थानीय तथा जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्मान ग्रहण गर्दै मन्त्री कार्कीले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले स्थानीय क्षेत्रको बिकासका लागि निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु पुरा गर्ने पनि बताए ।