दमक/झापाको दमक स्थित पशुपति सहकारी संस्थाले सुपथ मूल्यको सहकारी पसल खोलेको छ । दमको लाइफलाइन अस्पताल छेउमा खाद्यन्न सहितको सुपथ मूल्यको सहकारी पसल खोलेको हो ।
बुधबार दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले पसलको उद्घाटन गरेका थिए । उनले यो राम्रो कदम भएको भन्दै उपभोक्ताको चाहाना अनुसार घरघरमा सेवा पुर्याउने उदेश्य राख्नलाइ सुझाव दिए ।
सहकारीले बनाएको सुपथ मूल्यको सहकारी सञ्चालन समितिका संयोजक रुद्र सुबेदीले स्वागत गरेको कार्यक्रममा सहकारीका अध्यक्ष खगेन्द्रबहादुर पाण्डेले सहकारीका सदस्यहरुको भावाना बुझेर साधरणसभाको निर्णय अनुसार यो पसल खोलिएको बताए । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य प्रेम पाण्डेले गरेका थिए ।











