काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी सपथ आएका लालबाबु पण्डितले अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा कायम गरेसँगै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने संभावना रहेको स्रोतले जनाएको हो ।

जनसंख्या तथा वातावरण मन्त्रालय अरु मन्त्रालयमा गाभिएपछि मन्त्री पण्डितलाई आफ्नो मन्त्रालय कुन हो भन्न गार्हो भएको छ । तैपनि उनले जनसंख्या तथा वातावरण मन्त्रालयमै बसेर काम गरिरहेका थिए । अब उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने चर्चा भैरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वातावरण मन्त्रालयलाई वनसँग गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ । जुन माओवादी केन्द्रको भागमा परेको छ । जनसंख्या मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयसँग गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । यो एमालेको भागमा परेको छ ।

छलफल डट कम बाट साभार