दमक/झापा कमल गाँउपालिका वडा नं. ६ मा रहेको पञ्चदेव हरि कृतन मण्डलीले आयोजना गरेको श्रीमद् भागवत महापुराणबाट ७ लाख ७२ हजार ६४ रुपिया आम्दानी भएको बताइएको छ ।
किर्तन मण्डलीले सामुदायिक भवन निर्माणका लागि लगाएकोे महापुराणबाट यो आम्दानी भएको कोषाध्यक्ष लक्ष्मि पोखरेलले बताएकाछन् । खर्च कटाएर यो आम्दानी भएको हो ।
किर्तन मण्डलीका उपाध्यक्ष मेदनी पोखरेलका अनुसार सबैभन्दा धेरै सहयोग भवन निर्माण शिर्षक भएको छ । यो शिर्षकमा ७ लाख ३४ हजार आम्दानी भएको छ भने भूमीदानबाट २ लाख ६२ हजार ५ सय प्राप्त भएको छ ।
किर्तन मण्डलीका सचिब सुजन भट्टराइले अब यसैबर्षबाट सामुदायिक भवन निर्माणको काम शुरु हुने जानकारी दिए । सहयोग गर्ने सबैप्रति उनले किर्तन मण्डलीको तर्फबाट आभार प्रकट गरेकाछन् ।











