दमक/मोरङको उर्लाबारीमा संघीय समाजवादी फोरम, लिम्बुवान प्रदेश तदर्थ समितिको १०औ पूर्ण बैठक आज मंगलबार सर्किएको छ । बैठकले बिभिन्न निर्णय गरेको बताइएको छ ।

फोरमका केन्द्रि नेता देउकुमार लिम्बुका अनुसार बैठकमा ९ जिल्ला समितिहरुको प्रतिवेदन, जनवर्गीय संगठनहरुबाट चुनावी समीक्षा प्रतिवेदन, अध्यक्ष खगेन्द्र माखिमबाट लिम्बुवान प्रदेशस्तरीय तत्कालीन कार्ययोजना तथा कार्यक्रम, मुख्य सचिव लोकसागर साम्बाबाट निर्वाचन समीक्षा र प्रस्तावहरु, कोषाध्यक्ष केवलराम राईबाट आर्थिक नीति बारेको मस्यौदा र प्रचार प्रसार तथा प्रकाशन विभागको तर्फबाट कमन देवानले प्रचार प्रसार सम्बन्धी मस्यौदा माथि छलफल भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा प्रतिबेदन माथि पार्टीका केन्द्रीय सदस्य भक्त खेवाङ, धनकुटाका अध्यक्ष बलबहादुर राई, भिम राई, धनप्रसाद गुरुङ, हरिदेवी राई, गणेशकुमार शाक्य, पार्वती राई, धनराज सुब्बा, दिपेनबाला राई, पदम अधिकारी, दिलेन्द्र कुरुम्बाङ, देउकुमार नेम्बाङ, निर्मला ताबा, कुमार साम्यो, मुकुम नेम्बाङ लगायत २१ जनाले प्रतिवेदन माथि सुझाव सहित टिप्पणी गरेका थिए ।

बैठकले गरेका निर्णय यस्ताछन्