दमक/झापाको दमकमा सफल बिद्यालयको रुपमा परिचित बन्दै गएको झापा मोडल अग्रेजी सेकेण्डरी स्कूल (JMES)ले आफ्नो २२ औ बार्षिकोत्सव र अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ ।
शिक्षा क्षेत्रमा दमकमा बिशिष्ठ योगदान गर्ने ब्याक्तित्वहरुको सम्मान गर्ने देखि लिएर दमक पब्लिक लाइब्रेरीसंग पठन सस्कृतीको बिकासका लागि सम्झौता गर्नेसम्मका कार्य गरेको छ ।
ढुकुरपानी माविका प्रधानाध्यापक लिलानाथ खनाल,हिमाविका पूर्व प्रअ छविलाल शर्मा सिटौला, सरस्वती माविका पूर्व प्रअ दिलीप श्रेष्ठ, दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहनकुमार भण्डारी र चुलाचुली बोर्डिङका संस्थापक निर्देशक मनोज साङपाङ राईलाई सम्मान गरिएको थियो ।
सोहि अवसरमा सास्कृति कार्यक्रम समेत भएको थियो । झापा क्षेत्र नं. ५ ख का प्रदेश सभा सदस्य अर्जुन राइको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयका संस्थापक जयबहादुर श्रेष्ठले कार्यक्रममा बोलाइएका अतिथिहरुको स्वागत गरेका थिए ।











