रामेछाप - भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयमै सर्ने बताएका छन् ।

'हेटौंडा छेउ भयो, कसैलाई पायक पर्दैन', स्थापितले भने, 'अब काठमाडौं आसपास राजधानी सर्छ ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश राजधानी सार्ने विषयमा आफूले अठोट लिइसकेको उनले बताए ।

स्थापितले बढीमा डेढ महिनाभित्र राजधानी सर्ने दाबी पनि गरे ।

केही दिनअघि उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र नसार्ने दाबी गरेका थिए, आजको कान्तिपुरमा खबर छ ।