दमक/झापाको दमकमा मावा खोलामा लापरवाही पूर्ण रुपमा गरिएको उत्खनन्ले एक बालकको ज्यान गएको भन्दै स्थानीयले आक्रोश पोख्न थालेकाछन् । ठाँउठाँउमा खाल्डा पारेको र स्थानीयको जोखिमको वेवास्था गर्दै पैसा कमाउनेमात्र नियतले काम भएको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् ।
बुधबार एक बालकको खाल्डोमा डुबेर मृत्यु भएको थियो । उनको अहिलेसम्म परिचय र ठेगना खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताएकाछन् ।
खोलाको उत्खनन्मा लापरवाही हुने गरेको र मापदण्ड बिपरीत भइरहेको भन्दै बारम्बार कुरा समेत उठ्दै आएको थियो । दमक वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार मोरंगले मावा खोलामा ठेक्का लगाएको र लापरवाहीपूर्ण तरिकाले उत्खनन् भएको जनाए ।
ठेकेदारको चरम लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै ज्यान मुद्धा लगाउनु पर्ने आवाज पनि उठ्न थालेको छ । दमकका स्थानीयहरुले शुरुमा शव बुझ्न समेत मानेका थिएनन् ।










