दमक/झापा दमकका युवाहरुले समाजको बिकृती र बिसंगती बिरुद्ध अभियान चलाउने तथा युवाहरुको लिडरसिप प्रदान गर्ने उदेश्यले खोलिएको युथ नेटवर्कले होली पर्वको अवसरमा रङ्ग र सिर्जना होली विशेष रचना कार्यक्रम सम्पन्न गरेको छ । दमक जेसिज भवन नजिक आफ्नै कार्यालय नजिक यस्तो कार्यक्रम गरेको हो । नेटवर्कका अध्यक्ष सन्तोष दुलालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार प्रकश बुढाथोकी रहेका थिए भने
कार्यक्रमको सञ्चालन गोविन्दराज कट्टेल गरेका थिए । चर्चित पुराना स्थानीय साहित्यकारहरु देखि लिएर नव साहित्यकारहरु सम्मले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।











