दमक/इलाका प्रहरी कार्यालय दमकले होलीलाइ दूर्घतना रहित बनाउनका लागि ट्राफिक नियम पालना नगरी चलाउने मोटरसाइकल तथा स्कूटरहरु नियण्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार साँझसम्ममा एकसय भन्दा बढि मोटरसाइकल र स्कुटर नियण्त्रणमा लिइएको हो । होली सकिएपछि चाबी दिइने बताइएको छ ।
यस बर्षको होली शान्तिपूर्ण र दूर्घटना रहित ढंगले सम्पन्न भएको पनि गिरीले बताएकाछन् । सबैको साथ र सहयोगले यो सम्भव भएको उनले जानकारी दिए ।










