बिहीबार अर्थात् हिजो हिमाली साथै पहाडमा एक साथ होली मनाइएको थियो । त्यही होलीसँगै नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोली परिवर्तन गरेका छन् । उनहिरु दुवैले परिवर्तन गरेको कुरो हो भ्रष्टचार विरुद्ध अभिव्यक्ति ।

मन्त्रिपरिषद् र पार्टी एकताको विषयमा मात्रै अभिव्यक्ति दिइरहेको दुई नेताले हिजोबाट खरो रूपमा भ्रटचारविरुद्ध आक्रमकम रूपमा सार्वसनिक अभिव्यक्ति दिइरहेका छन् । वास्तमा दुवै नेताले भ्रष्टचार विरुद्ध बोलेको कुरा वाम गठबन्धनको चुनाव अगाडीको नारा नै हो । वाम गठबन्धनले चुनाव अगाडी देखिनै भन्दै आएका थिए, ‘वाम गठबन्धनको सरकार भएको खण्डमा भ्रष्टचार मुक्त देश बनाउँने छौँ ।’ भ्रष्टचार मुक्त बनाउँने कुरा वाम गठबन्धनले संयुक्त घोषण पत्रमा समेत सपष्ट उल्लेख गरिसकेका छन् । अहिले त्यही बोलिरहेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टचारको विरुद्धमा कडा अभिव्यक्ति दिएका छन् । प्रम ओलीले ठोकुवा गर्दै भनेका छन्, ‘मेरो नेतृत्वको सरकार भ्रष्टचारी हो भनेर औला ठड्याउन पाउँने छैन । नो करप्सन । मुलुकलाई भ्रष्टचार मुक्त बनाउने नै मेरो प्रतिबद्धता हो । मेरो नेतृत्वको सरकारले भ्रष्टचार गरे सार्वजनिक रूपमा भन्नुस् ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार नवलपरासीको बर्दघाट पुगेर भ्रष्टचार विरुद्ध कडा रूपमा अभिव्यक्ति दिएका छन् । शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा दुवै जना धेरै ठुलो सङ्घर्ष पार गरेर आएको हुनाले आफ्नो स्वार्थ देशलाई चाँडो भन्दा चाँडो विकास गर्नु मात्रै रहेको बताएका छन् । उनले गौतम बुद्धले २६ सय वर्ष अघि ज्ञान दिएर गएको अब नयाँ मोडेलका समाजवाद संसारलाई दिने बताएका छन् ।

उनले विकासको विरोधी भ्रष्टचार भएको बताउँदै भ्रष्टचार विरोधी जसतो कदम चाल्न पनि पछि नहट्ने बताएका छन् । उनले भने, ‘अहिले न्यायालदेखि कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ । दुवै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोडने अठोट गरेका छौँ ।’ अध्यक्ष प्रचण्डले न्यायालयमा बेइमानी गर्नेलाई पनि नछोड्ने बताएका छन् । उनले भ्रष्टचारीलाई तह नलगाए जनताले आफूलाई सजाय दिने बताए । उनले भने, ‘न्यायालयका जाली र फटाहाको पक्षमा महाअभियोग लगाउने दिन आएको छ । भ्रष्टाचार गर्ने कर्मचारीलाई जेल हाल्ने दिन आयो । त्यसो नगरे विकास र सुशासन सम्भव छैन ।’

-नया पेज बाट