काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना हुनु भएको छ ।
स्वास्थ्यमा एक्कसी समस्या आएपछि अधिकारीलाई ललितपुरको भैंंसीपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारी लामो समयदेखि दम र मुटुराेगबाट ग्रसितका हुनुहुन्थ्यो । उहाँ श्वासप्रश्वास र आमासयको रोगबाट समेत पीडित हुनु भएको थियो ।
गत वर्ष थाइल्याण्डको बैंककमा उहाँको उपचार भएको थियो । स्रोतका अनुसार अधिकारीको शुक्रबार नै आमाशयको शल्यक्रिया गर्ने पारिवारीक स्रोतले जनाएको छ ।
जनता समाचार बाट









