अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ले नेपाल कम्युनिष्ट पार्टी दर्ता अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

‘एमाले र माओवादी एकता टुंगिइसकेको छ, नाम नेपाल कम्युनिष्ट राख्ने निर्णय गरि।एको यहाँहरुले थापा पाइसक्नु भएको होला’ शुक्रबार प्रेस सेन्टर नेपालको कार्यक्रममा उहाँले भन्नुभयो, ‘ चैत पहिलोमै दल दर्ता हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष दाहालले मन्त्रीमण्डलले तीन दिनभित्र पूर्णता पाउने जानकारी गराउनु भयो । ‘मन्त्री बन्नेहरु एकीन भइसकेका छन्’ उहाँले भन्नुभयो, ‘संघीय समाजवादी फोरम नेपाललाई पनि सहभागी गराउन खोज्दा अलि ढिलो भएको हो ।’

अध्यक्ष दाहालले स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देशमा आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा शुरु भएको उल्लेख गर्नुभयो ।

जनतासमाचार डट कम बाट साभार